ad ad

कला


भारतीय मोडल तथा अभिनेत्री आफ्नै किचनमा मृत भेटिइन्

भारतीय मोडल तथा अभिनेत्री आफ्नै किचनमा मृत भेटिइन्

नेपालखबर
पुस ९, २०७६ बुधबार ७:१५,

भारतीय टेलिभिजन कलाकार, मोडल एवं चर्चित सेफ जगी जोन आफ्नै घरको किचनमा मृत भेटिएकी छन्।

उनी आफ्नी आमासँग केरलाको कुर्नावकोराममा एक फ्ल्याटमा बस्दै आएकी थिइन्। उनी घरको किचनमा मृत अवस्थामा फेला परेकाे र सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार प्रहरीले लासको पोस्टमार्टमपछि मात्रै हत्या वा आत्महत्या  के हाे भन्ने बारेमा  बताउन सकिने बताएको छ। ‘हामी मुद्दाको अनुसन्धान गरिरहेका छौं। सोधपुछ र पोष्टमार्टम गरिनेछ, त्यसपछि यस विषयमा केही भन्न सम्भव छ’,  प्रहरीले भनेको छ।

प्रहरीका अनुसार उनको शरीरमा कुनै देखिने खालका चोटहरू छैनन्। छोरीको मृत्युले आमा दुःखी रहेको र कुनै प्रश्नको उत्तर दिन सक्ने स्थितिमा नरहेको प्रहरीले जनाएको छ। जगीकी आमा छोरीको मृत्यु हुँदा आमा घरमै रहेको र छोरी भान्छामा पकाउँदै गरेको भन्दै बेहोस भएको प्रहरीले जनाएको छ।

गजीले फोन नउठाएपछि उनका छिमेकीलाई साथीले फोन गरेर हेर्न भनेपछि उनको मृत्युको घटना सार्वजनिक भएको हो। साथी हेर्न जाँदा उनी मृत अवस्थामा भेटिएकी थिइन्।

३८ वर्षीया जगी टेलिभिजनमा कुकसम्बन्धी कार्यक्रम चलाउँथिन्। उनी एक होस्ट, गायक, मोडेल र प्रेरक वक्ता पनि रहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .