समाज


सैनिक श्रीमती संघद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा राहत सामग्री वितरण

सैनिक श्रीमती संघद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा राहत सामग्री वितरण

नेपालखबर
पुस १२, २०७९ मंगलबार १८:३, काठमाडौँ

सैनिक श्रीमती संघले कञ्चनपुर जिल्लामा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै विभिन्न प्रकारका राहत सामाग्री वितरण गरेको छ।

श्री नं‍ २५ बाहिनी अड्‍डाको समन्वय र सहकार्यमा कञ्‍चनपुरको लालझाडी गाँउपालिका–२ कस्वास्थित श्री शिवशंकर आधारभूत विद्यालयमा नेपाली सेना तथा महाकाली प्रादेशिक अस्पतालका विशेषज्ञ डाक्टर अधिकृत सहितको मेडिकल टिमद्वारा पुस ११ गते एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो।

छाला रोग, स्त्री रोग, बाल रोग तथा जनरल मेडिसिन सम्बन्धी सेवा प्रदान गरिएको उक्त स्वास्थ्य शिविरबाट ६४२ जना सर्वसाधारणहरु लाभाविन्त भएका थिए। 

सोही अवसरमा सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले श्री शिवशंकर आधारभूत विद्यालय, श्री जनचेतना आधारभूत विद्यालय र श्री नवोदय आधारभूत विद्यालयलाई कम्प्युटर–९ गोटा, प्रिन्टर र फोटोकपी मेशिन–३ गोटा, मल्टिमिडिया प्रोजेक्टर–३ गोटा, विभिन्न प्रकारका फर्निचर, स्टेशनरी सामान लगायत खेलकुदका सामाग्रीहरु हस्तान्तरण गर्नुका साथै लालझाडी गाँउपालिकामा बसोबास गर्ने जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति तथा एकल महिलाहरुलाई कम्बल १२०० थान, म्याट्रेस ५ थान, व्हिल चियर गोटा १, बैशाखी गोटा २ तथा ३० जना बालबालिकाहरुलाई ट्रयाकसुट तथा स्टेशनरी सामाग्रीहरु समेत वितरण गरेकी थिइन्।

उक्त कार्यक्रममा सैनिक श्रीमती संघका पदाधिकारीहरु, सुदूरपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी विजय थापा, लालझाडी गाँउपालिकाका अध्यक्ष निर्मल राना, कञ्‍चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, नं.२५ बाहिनी अड्‍डाका बाहिनीपति सहायक रथी पुरुषोत्तम ढकाल, महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट, कञ्‍चनपुर स्वास्थ्य कार्यालयका प्रमुख तथा कञ्‍चनपुर जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad