समाज


जुम्लापछि सबैभन्दा जाडो काठमाडौंमा : मौसम विभाग

जुम्लापछि सबैभन्दा जाडो काठमाडौंमा : मौसम विभाग

नेपालखबर
पुस ९, २०७६ बुधबार ४:३१,

काठमाडौंमा यस वर्षअन्तर्गत आज (बुधबार) अहिलेसम्मकै चिसो महसुस गरिएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत माैसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान मापन गरिएकाे तापक्रमअनुसार जुम्लापछि देशभरमै कम तापक्रम काठमाडौंमा देखिएको हाे।

माैसमविद् विभूति पाेखरेलका अनुसार बिहान पौने ९ (८:४५) बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेडमा झरेको हो। यसअघि आजै बिहान ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो। फेरि पौने ९ बजे गरिएको मापनमा उपत्यकाको तापक्रम अझ घटेर २.९ डिग्रीमा झरेको हो। अन्तर्राष्ट्रिय समयअनुसार पछिल्लो मापनलाई नै आजको आधिकारिक न्यूनतम तापक्रम मानिन्छ।

देशकै कम तापक्रम चाहिँ जुम्लाको छ। बुधबार बिहान पौने ९ बजे नै लिइएको मापनअनुसार त्यहाँको न्यूनतम तापक्रम माइनस ६.५ डिग्री सेल्सियस छ।

जुम्लापछि सबैभन्दा कम न्यूनतम तापक्रम काठमाडौंकै भएको मौसमविद् पाेखरेलले बताइन्। 

उनका अनुसार यो, काठमाडौं उपत्यकाको यस वर्ष मापन भएको अहिलेसम्मको सबैभन्दा कम तापक्रम पनि हो। यसअघि मंगलबार पुस ८ गते यहाँको न्यूनतम तापक्रम ३‍.२ डिग्री थियो।

मौसमविद् पाेखरेलका अनुसार काठमाडौं उपत्यकाको तापक्रम अझै घट्दै जाने सम्भावना छ।  

महाशाखाको विवरणअनुसार काठमाडौंपछि कम तापक्रम दाङमा देखिएकाे छ। 

बुधबार बिहान पाैने ९ बजेकाे रेकर्डअनुसार दाङकाे न्यूनतम तापक्रम ३.५ छ । त्यसैगरी, ओखलढुंगामा ४, सिमरामा ६.५ तथा धनकुटा र डडेल्धुराको समान ६.८ डिग्री सेन्टिग्रेड छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad