समाज


जनवरी ८ देखि चीन जान सहज, जहाजमा यात्रुले मास्क लगाए मात्र पुग्ने

जनवरी ८ देखि चीन जान सहज, जहाजमा यात्रुले मास्क लगाए मात्र पुग्ने

नेपालखबर
पुस १२, २०७९ मंगलबार १७:२४, काठमाडौँ

आगामी जनवरी ८ देखि चीन भ्रमण सहज हुने भएको छ। 

उक्त मितिदेखि लागू हुने गरी कोरोनासम्बन्धी प्रतिबन्ध चीनले हटाएकाले चीन यात्रा सहज हुन लागेको हो। कोरोना संक्रमणमा कमि आएकाले प्रतिबन्ध हटाइएको चीन सरकारले जनाएको छ। 

चीन जानेले क्वारेन्टिन बस्नुपर्ने छैन। त्यस्तै, उनीहरुले अन्य कुनै पनि परीक्षण गर्नुपर्ने छैन। उनीहरुले चीन भ्रमणमा जानु अघि ४८ घण्टा पहिले कोरोना परीक्षण गरी नेगेटिभ आएको प्रमाणपत्र देखाए मात्र पुग्नेछ। 

चिनियाँ स्टेट काउन्सिलले सोमबार राति एक सूचना जारी गर्दै भ्रमण प्रतिबन्धहरु खुकुला पारिएको जानकारी दिएको हो। चीन जानका लागि भिषा लगाउन जानेहरुले चिनियाँ दूतावासहरुमा पनि स्वास्थ्य सम्बन्धी नियम पालना गर्नुपर्ने छैन। 

चिनियाँ भन्सार विन्दुमा कुनै विदेशी यात्रुलाई ज्वरो आएको पाइए उनीहरुले भन्सारमै तत्काल एन्टिेजेन परीक्षण गर्न सक्नेछन्। यदी उनीहरु सामान्य लक्षण सहित पोजटिभ भेटिए घरमा आइसोलेसनमा बस्न सक्नेछन्।

कडा लक्षण सहित यात्रु पोजटिभ भेटिए उपचारका लागि आग्रह गरिनेछ। त्यसैगरी ब्यापार, अध्ययन र पारिवारिक भेटका लागि कोही चीन जाने भए उनीहरुले चाँडै भिषा पाउन सक्नेछन्। 

चीन जाने यात्रुले जहाजमा सामान्य मास्क मात्रै लगाए पुग्नेछ। चिनियाँ शहर उहानमा तीन वर्ष अघि पहिलोपटक कोरोना भाइरस फैलिएपछि चीनले शून्य सहनशीलता अन्तर्गत कडा प्रतिबन्ध लगाएको थियो। जसका कारण चीन जाने पर्यटकको संख्यामा उल्लेख गिरावट आएको थियो। 

चीन जाँदा कडा नियम सहित क्वारेन्टिनमा बस्नुपर्दा विदेशी हैरान हुने गरेका थिए। चीन सरकारले लगाएको कोरोनाका कडा नियमको चीन भित्र पनि विरोध भएको थियो।

चीनको स्टेट काउन्सिलले त्यसबेला लगाइएका प्रतिबन्धको चाहिँ बचाउ गरेको छ। ती कडा प्रतिबन्ध जनताको हितमा केन्द्रित रहेको काउन्सिलले जनाएको छ। मानव इतिहासकै ठूलो रोग विरुद्धको संघर्षमा ती प्रतिबन्ध निकै कामयावी भएको उसको ठहर छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad