सहारा क्लब पोखराले प्रदान गर्ने सर्वोत्कृष्ट राष्टिय फुटबल खेलाडी सम्मानबाट यो पटक अनन्त तामाङ सम्मानित हुने भएका छन्।
आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दौरान सहारा क्लबले प्रदान गर्ने सर्वोत्कृष्ठ खेलाडी सम्मानबाट यो पटक अनन्तलाई सम्मान गर्न लागिएको हो।
राष्टिय टोलीका डिफेन्डर अनन्तलाई प्रतियोगिताको उद्घाटन समारोहमा सम्मान गरिने सहारा क्लबले जनाएको छ।
सहाराले यो पटक पुरस्कार रकममा पनि वृद्धी गरिएको छ। अनन्तलाई ५० हजार ५ रुपैयाँले सम्मान गर्ने सहाराले बताएको छ। सहाराले यो पटक खेलाडी सम्मानको पुरस्कार रकममा १५ हजार ५ रुपैयाँ थप गरिएको छ।
सहारा क्लबले यसअघि सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कारबाट भरत खवास,किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विस्टलाई सम्मान गरिसकेको छ।
Shares
प्रतिक्रिया