समाज


महान्यायाधिवक्ता खातीले राजीनामा दिए

महान्यायाधिवक्ता खातीले राजीनामा दिए

नेपालखबर
पुस ११, २०७९ सोमबार १७:५५, काठमाडौँ

सरकारका कानूनी सल्लाहकार खम्मबहादुर खातीले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका छन्। 

महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका हुन्। 

राजीनामा बुझाएसँगै महान्यायाधिवक्ता कार्यालयले उनलाई बिदाइ गरेको छ।

बिदाइ कार्यक्रममा उनले आफूले महान्यायाधिवक्ताका रूपमा काम गर्दा परिवारको सदस्यजस्तो भएर काम गरेको र कामका लागि अधिकतम प्रयास गरेको बताए। 

उनको कार्यकालमा खासगरी वीरगञ्ज र पाटनमा रहेको जग्गा महान्यायाधिवक्ता कार्यालयको मातहतमा ल्याउन सफल भएको छ।

त्यस्तै, कर्मचारी सेवा सर्तसम्बन्धी छुट्टै कानून ल्याउने विषय अघि बढे पनि त्यो पूरा भने हुन सकेन। 

सरकारी वकिलको यही पुस ८ देखि १० गतेसम्म राष्ट्रिय सम्मेलन सम्पन्न भयो । त्यसमा मुद्दाको महाअभियोजनकर्ता र महान्यायाधिवक्ता फरक हो भन्ने घोषणापत्रमा आएको थियो।  

प्रधानमन्त्रीको कानूनी सल्लाहकारका रूपमा उहाँ २०७८ साउन १ गतेदेखि नियुक्त भएका थिए। उनले १७ महिना १० दिन काम गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .