समाज


जब शिक्षकले कक्षाकोठामै देखाए विद्यार्थीलाई अश्लिल भिडिओ...

जब शिक्षकले कक्षाकोठामै देखाए विद्यार्थीलाई अश्लिल भिडिओ...

नेपालखबर
पुस ७, २०७९ बिहिबार १५:५३, काठमाडौँ

धनुषाको एक सामुदायिक विद्यालयमा कक्षा कोठाभित्रै शिक्षकले विद्यार्थीलाई अश्लिल भिडिओ देखाएको घटना बाहिरिएको छ। 

मिथिला विहारी नगरपालिका–४ स्थित कजरा रमौलमा रहेको एक विद्यालयमा गणित र विज्ञान पढाउने शिक्षकले विद्यार्थीहरुलाई कक्षा कोठामै अश्लिल भिडिओ देखाएको घटना बाहिरिएको हो। 

सो विद्यालयको कक्षा ८ मा पढाउन पुगेका ५० वर्षीय शिक्षक विनोद यादवले विद्यार्थीहरुलाई अश्लिल भिडिओ देखाएका थिए। यादव कक्षा १२ सम्म गणित र विज्ञान विषय पढाउँछन्।

यो घटना १० दिन अगाडि नै भएको थियो। ती शिक्षकले अश्लिल भिडिओ विद्यार्थीहरुलाई देखाइरहेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

घटना बाहिरिए लगत्तै स्थानीयले ती शिक्षकलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। शिक्षकलाई बुधबार धनुषाधाम प्रहरीले पक्राउ समेत गरेको थियो। तर राजनीतिक दबाबका कारण उनलाई छोडिएको स्थानीयको भनाइ छ।

बिना कारबाही शिक्षक यादवलाई छोडिएपछि बिहीबार सो विद्यालयको अवस्था तनावग्रस्त बन्न पुग्यो। यद्यपि प्रहरीले अहिले त्यहाँको अवस्था साम्य पारेको छ। 

यता, शिक्षकविरुद्ध कुनै प्रकारको उजुरी नआएकाले पक्राउ गर्न नसकिएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए। बुधबार त्यहाँको स्थिति नियन्त्रण बाहिर जान सक्ने देखेर मात्रै शिक्षकलाई नियन्त्रणमा लिइएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad