ad ad

समाज


आजको मौसम : पहाडमा आंशिक बदली, तराईमा हुसु/कुहिरो

२४ घण्टाका लागि चेतावनी
आजको मौसम : पहाडमा आंशिक बदली, तराईमा हुसु/कुहिरो

फाइल तस्बिर


नेपालखबर
पुस ५, २०७९ मंगलबार ७:५३, काठमाडौँ

हाल नेपालको मौसममा भारत बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यतिबेला (मंगलबार बिहान) पहाडी क्षेत्रमा आंशिक बदली रही तराईका थोरै स्थानमा हुसु/कुहिरो लागिरहेको छ। 

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भेगका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

बुलेटिनअनुसार राति प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

महाशाखाले आगामी २४  घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : प्रदेश १ का पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको तथा तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने  र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ। 

यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री रहेको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। यो तापक्रम अहिले ८:४५ बजे पुनः मापन गरिनेछ र त्यसबेला देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गरिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .