समाज


काभ्रेको खोपासीमा निःशुल्क स्वास्थ्यशिविर सम्पन्न

काभ्रेको खोपासीमा निःशुल्क स्वास्थ्यशिविर सम्पन्न

नेपालखबर
पुस ४, २०७९ सोमबार १७:१०, काठमाडौँ

काभ्रेको खोपासीमा गत शनिबार निःशुल्क स्वास्थ्यशिविर सम्पन्न भएको छ।

लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्ट्रल, सहयोगी महिला जागरण मञ्च, कल्पना फाउन्डेसनको सँयुक्त आयोजना तथा लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड वेष्टको समन्वयमा उक्त शिविर सञ्चालन गरिएको थियो।

शिविरमा १ सय ८० जनाले आफ्नो बाथ तथा नशा रोगसम्बन्धी स्वास्थ्य जाँच गराए। 

काभ्रे खोपासीमा रहेको सहारा ज्येष्ठ नागरिक समाजको भवनमा नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।

उक्त शिविरमा नेशनल बाथरोग सेन्टरबाट निःशुल्क रुपमा ल्याब परीक्षणको साथै वरिष्ठ चिकित्सकबाट बाथरोग र नशारोगको उपचारबारे पनौती १० का स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परामर्स दिनुका साथै स्थानीय वासिन्दाहरुलाई स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो।

उक्त शिविरमा लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्ट्रलका अध्यक्ष युवराज श्रेष्ठले सहयोगी विभिन्न संघ सँस्था तथा व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरेका थिए।

यस्तो खालको कार्यक्रमहरु हरेक ६÷६ महिनामा गरिने आयोजक लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्ट्रलका निवर्तमान अध्यक्ष रोशन श्रेष्ठले बताए।

दिनदुखी तथा असक्त ग्रामिण वासिन्दाहरुलाई परेको स्वास्थ्य सम्बन्धी समस्यामा सहयोग गर्न पाउँदा आफुलाई निक्कै गौरव महसुस भएको आयोजक सहयोगी महिला जागरण मञ्चकी अध्यक्ष राधा श्रेष्ठले बताइन्।

सहारा ज्येष्ठ नागरिक समाजका अध्यक्ष भरतराज शर्माले यो शिविरका आयोजकहरुलाई माला पहिराई सम्मान गर्दै, निःशुल्क स्वास्थ्यशिविरमा निकै टाढा टाढाको ग्रामीण वृद्धवृद्धाको सहभागिता भएकाले पनि शिविर निकै सफल भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad