ad ad

समाज


काठमाडौँको तापक्रम २४ घण्टामै ३ डिग्री बढ्यो

काठमाडौँको तापक्रम २४ घण्टामै ३ डिग्री बढ्यो

फाइल तस्बिर


नेपालखबर
मंसिर २९, २०७९ बिहिबार ६:४३, काठमाडौँ

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यतिबेला (बिहीबार बिहान) तराईका केही स्थानमा हुस्सु/कुहिरो लाग्नाका साथै पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ। 

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र बागमती प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

बुलेटिनअनुसार लुम्बिनी प्रदेशका साथै प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।  

महाशाखाले आगामी  २४  घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने  तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।

यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने हिजोको तुलनामा झन्डै ३ डिग्री बढेको छ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस देखिएको हो। हिजो बुधबार भने उपत्यकाको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस थियो। 

मौसमविद् मानन्धरका अनुसार आकाशमा बादल लागेको दिन न्यूनतम तापक्रम बढ्छ। ‘हिजो राति आकाशमा बादल लागेको थियो’, उनले भनिन्। 

अहिले ८.४५ बजे महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम सार्वजनिक गर्नेछ। त्यस बेला उपत्यकाको न्यूनतम तापक्रम अपडेट पनि गरिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .