समाज


तीन किशोरीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

तीन किशोरीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

नेपालखबर
मंसिर २६, २०७९ सोमबार २०:०, पाेखरा

बलात्कारको आरोपमा बागलुङका तीन किशोर पक्राउ परेका छन्।

बागलुङ नगरपालिका–२ समिटचोकमा रहेको एक होटलमा राखी तीन जना किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरुमा हाल पोखरा बस्दै आएका बागलुङको गलकोट नगरपालिका–९ घरका २३ वर्षीय अशोक दर्लामी, रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका १९ वर्षीय राहुल थापा र धादिङ कटुथे गाउँपालिका घर भएका १७ वर्षीय एक किशोर रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सारदाप्रसाद चौधरीले जनाएका छन्।  

१६ र १५/१५ वर्षीया तीन जना किशोरीलाई जर्बजस्ती करणी गरेको आरोप प्रहरीको छ। शनिबार बिहान घरबाट हिँडेका किशोरीहरु अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी गर्ने क्रममा उनीहरुलाई होटलमा फेला पारेर प्रहरीलाई खबर गरिएको थियो।

जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरीले उनीहरु छ जनालाई नै होटलमा भेटेको थियो। जबर्जस्ती करणी गरेको जानकारी पाएपश्चात आरोपीहरुलाई नियन्त्रणमा लिएको गण्डकी प्रदेशले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .