दैनिक क्रमशः तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ। तराई क्षेत्रमा हुस्सु/कुहिरो लाग्न थालेको छ।
यस्तो बेला चिसोका कारण स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।’
यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस रहेको महाशाखाका मौसमविद् गोविन्दकुमार झाले जानकारी दिए। उनका अनुसार यो पुनः बिहान ८:४५ बजे अपडेट गरिनेछ। त्यसै बेलाको तापक्रमलाई आजको आधिकारिक न्यूनतम तापक्रम मानिनेछ। साथै ८:४५ बजे देशका अन्य स्थानको न्यूनतम तापक्रम पनि महाशाखाले प्रकाशन गर्नेछ।
हिजो शुक्रबारको मापनअनुसार भने देशका विभिन्न स्थानका अधिकतम तथा न्यूनतम तापक्रम यस्तो छ :
आज मौसमको अवस्था
हाल (शनिबार बिहान) प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। राति भने देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
Shares
प्रतिक्रिया