इङल्याण्डका अट्याकिङ मिडफिल्डर रहिम स्टर्लिङ फ्रान्ससँगको क्वार्टरफाइनल खेलमा उपस्थित हुने भएका छन्।
फिफा विश्वकप चलिरहँदा घरमा चोरी भएपछि उनी लन्डन फर्किएका थिए।
२८ वर्षिय स्टर्लिङले सेनेगलविरुद्ध ३–० को जित निकाल्दा टोलीमा थिएनन्। उनी शुक्रबार टोलीसँग प्रशिक्षणमा सामेल भएका छन्। राष्ट्रिय टोलीबाट ८१ खेल खेलेका उनले इरानसँगको सुरुवाती खेल खेलेका थिए।
टोलीका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले उनी टोलीको मुख्य खेलाडी भएको बताएका छन्।
168
Shares
प्रतिक्रिया