ad ad

समाज


भारतको दिल्लीमा आगलागी, ३ बालबालिकासहित ९ को मृत्यु

भारतको दिल्लीमा आगलागी, ३ बालबालिकासहित ९ को मृत्यु

नेपालखबर
पुस ७, २०७६ सोमबार ६:५८,

मृत्यु भएका मध्ये चार महिला र तीन बालबालिका रहेका छन्। आवासीय भवनमा आगलागी भएको सरकारी अधिकारीहरुले जनाएका छन्।

नयाँ दिल्लीको उत्तरपश्चिमी क्षेत्रमा पर्ने किरारीमा रहेको चार तले भवनमा आगलागी भएको हो।

दिल्ली अग्नी नियन्त्रण विभागका अधिकृत अजयकुमारले सो आगलागीमा मारिएमा तीन जना चिन्नै नसकिने गरी पूर्ण रुपमा जलेका सिन्ह्वा समाचार समितिलाई बताए।

आगो पूर्णरुपमा नियन्त्रणमा लिइसकेको र खोजी तथा उद्धार कार्य जारी नै रहेको उनले बताए।

घटनास्थलबाट घाइते अवस्थामा तीन जनालाई उद्धार गरिसकिएको छ। ती मध्ये एक जनाको शरीरमा १५ प्रतिशत जति जलेर घाइते भएका छन्।

Image result for delhi fire

अन्य दुई जना भने सामान्य जलेको र उनीहरु सवैको उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्।

विद्युतको लाइनमा समस्या आएपछि सो आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

भारतको केन्द्रीय राजधानी सहर नयाँदिल्लीमा यसै महिना भएको यो दोस्रो आगलागीको घटना हो। यसअघि डिसेम्बर ८ तारिखका दिन पनि नयाँ दिल्लीमा ठूलो आगलागीको घटना भएको थियो। सो घटनामा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .