साविक विजेता पोखरा पल्टन पोखरामा जारी पोखरा प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा ७९ रनमै अलआउट भएको छ।
धनगढी ब्लुजका अनिल खरेलले ३ विकेटसहित उत्कृष्ट बलिङ गरेपछि पोखरा १६.२ ओभरमा अलआउट भयो। यो प्रतियोगिताको सबैभन्दा न्यून स्कोर समेत हो।
पोखराका आसिफ सेखले ३२ र विनोद भण्डारीले १२ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन। आसिफलाई अनिलले एलबीडब्लुको सिकार बनाउनुअघि २९ बलमा ४ चौका प्रहार गरे। यस्तै विनोदलाई समेत अनिलले नै बोल्ड पारे। विनोदले १५ बल खेल्दै एक चौका प्रहार गरे।
यो पनि: क्रिजमा जम्दै ज्ञानेन्द्र
त्यसबाहेक पोखराका कप्तान शरद भेषावकर ४ रनमा हिटविकेट भए। यस्तै कुशल भुर्तेलले ६, कुशल मल्ल र प्रथमेस डाँकेले समान २–२ रनमात्रै बनाउन सकेँ।
पोखराका अनिलले ४ ओभरमा १५ रनमात्रै खर्चिएर ३ विकेट लिए। यस्तै दीपक पुनिया, कमलसिंह ऐरी र सागर ढकालले समान २-२ विकेट लिए।
प्लेअफमा स्थान बनाउँन दुवै टिमलाई यस खेलमा जित हात पार्नै पर्ने अवस्था छ।
प्रतिक्रिया