समाज


नागरिकता विवादः उत्तर प्रदेशमा १६ मध्ये १४ को प्रहरीको गोली लागेर मृत्यु

नागरिकता विवादः उत्तर प्रदेशमा १६ मध्ये १४ को प्रहरीको गोली लागेर मृत्यु

नेपालखबर
पुस ७, २०७६ सोमबार ५:४६,

इन्डियन एक्सप्रेसका अनुसार केही समययता जारी प्रदर्शनमा उत्तर प्रदेशमा १६ जनाको मृत्यु भइसकेको छ। जसमध्ये १४ जनाको प्रहरीको गोली लागेर मृत्यु भएको जनाइएको छ।

हालसम्म भारतमा जारी प्रदर्शनमा २२ जनाको मृत्यु भइसकेको भारतीय संचारमाध्यमले जनाएका छन्। प्रहरीको गोली लागेर धेरै संख्याको मृत्यु भएपछि आन्दोलनकारी प्रहरीदेखि रुष्ट भएका छन्।

आइतबार गुजरातमा प्रहरीलाई आन्दोलनकारीले ढुंगामुढा हान्दै लखेटेको भिडियो सार्वजनिक भएको थियो।

भारतको संसद्ले गैरकानुनी रूपमा अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट आउने गैरमुस्लिम आप्रवासीहरूलाई नागरिकता दिने प्रावधान भएको नागरिकता विधेयक पारित गरेपछि त्यहाँ विवाद मच्चिएको हो।

 भारतले गैरमुस्लिमलाई मात्र नागरिकता दिन लागेको उल्लेख गरेपछि उक्त कानुन मुसलमान विरोधी भएको राष्ट्रसंघले बताएको छ।

त्यहाँ मुसलमान समुदायले विरोध गरिरहेका छन् भने त्यहाँका स्थानीय मानिसहरूले पनि छिमेकी देशहरुबाट आउने आप्रवासीको चेपुवामा आफूहरु पर्ने भन्दै आन्दोलन गरिरहेका छन्।

नागरिकता कानुनविरुद्ध आन्दोलन जारी रहँदा आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा आयोजित कार्यक्रममा नागरिकता कानुनको बचाउ गर्दै उक्त कानुनले कसैलाई असर नगर्ने भन्दै कानुन फिर्ता नलिने बताएका थिए। एजेन्सी

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .