बारामा जलाउँदै गरेको शव प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको पचरौता नगरपालिका-१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको शव प्रहरीले नियन्त्रणमा लिएको हो।
घटना शुक्रबारकाे हाे।
स्थानीय रामदयाल महतो नुनियाले आफ्नी श्रीमती माल्तीदेवीको हत्या गरी शव जलाउँदै गरेको खुलेपछि नियन्त्रणमा लिइएको बारा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए।
श्रीमान् र श्रीमतीबीच झगडा हुँदा श्रीमतीलाई मारेर घरमै राखेको सूचना पाएपछि प्रहरीको टोली गाउँ पुगेको थियो।
प्रहरीका अनुसार प्रहरी पुग्दा मृतकका श्रीमान्, सासू-ससुरा सबै फरार भइसकेका थिए। शव पूर्ण रूपमा नजलेका कारण केही हाड फेला परेका छन्।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
माइती पक्षले घटनाबारे जानकारी दिएपछि प्रहरी तत्कालै गाउँमा पुगेको थियो। मृतकको माइती भारतको मोतिहारी जिल्लाको जुयाफर भन्ने ठाउँमा हो।
तराईका जिल्लामा दाइजोका कारण नै श्रीमतील मार्ने गरिएका कैयौं उदाहरण छन्। दोषीलाई कडाभन्दा कडा कारबाही गर्न महिला अधिकारकर्मीले माग गरेका छन्।

प्रतिक्रिया