समाज


भारतबाट छपाएर ल्याएको १५ हजार मतपत्रसहित एक जना पक्राउ

भारतबाट छपाएर ल्याएको १५ हजार मतपत्रसहित एक जना पक्राउ

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १८:१४, काठमाडौँ

पर्सामा १५ हजार मतपत्रसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहार राज्य पश्चिम चम्पारन नरकटिया ग्रामपंचायत–१४ ठेगाना भएका ४० वर्षीय इजाजत अहमद रहेका छन्।

जगरनाथपुर गाउँपालिका–२ दशौतास्थित सडकमा प्रहरीले खानतलासी गरी उनलाई नियन्त्रणमा लिएको हो।

भारतबाट नेपालको दशौतातर्फ आउँदै गरेको बीआर २२ डब्लु ८००२ नम्बरको भारतीय मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पोखरीया र बिओपी भिखमपुर पर्साबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडीको सिटको भागमा हरियो रंगको बोरामा उक्त परिमाणको मतपत्रहरू फेला पारी अहमदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad