कारोबार


स्काइवर्थको क्यूएलईडी प्लस टिभी बजारमा, ३३ प्रतिशतसम्म छुट

स्काइवर्थको क्यूएलईडी प्लस टिभी बजारमा, ३३ प्रतिशतसम्म छुट

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १८:१४, काठमाडौँ

हाइ एन्ड ग्लोबल टिभि ब्रान्ड र बिग स्क्रिन आर्टिफिसियल इन्टेलिजेन्स अफ थिङ्स (एआइओटि) को पायोनियर स्काइवर्थले नेपालमा क्युएलईडी प्लस गुगल टिभी ल्याएको छ। 

एसयूई ९५०० सिरिजको यो मोडल कम्पनीको लिड द फ्युचर थिमअन्तर्गत रहेको कम्पनीले जनाएको छ। स्काइ्वर्थको लागि नेपालको एक मात्र आधिकारिक विक्रेता केएल दुगड ग्रुुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेजले उक्त जानकारी दिएको हो।  

गुगल टिभिको लेटेस्ट अपरेटिङ सिस्टमद्वारा पावर्ड भएको यो टिभिको पिक्चर क्वालिटी अत्यन्त उत्कृष्ट छ। गुगलले आफ्नो एन्ड्रोइड टिभी एक्सपिरियन्स रिफाइन गरेको हुँदा अब उपभोक्ताहरुले आफ्नो टिभि पनि पर्सनलाइज गर्न सक्नेछन्। यसमा आफ्नो भ्युइङ ह्याबिट र इन्टेरेस्ट अनुसार पर्सनलाइज्ड कन्टेन्ट र टेलर्ड रेकमेन्डेसन पाउन सकिन्छ।  

यसको नयाँँ जेनेरसनको इको क्युएलइडि क्वान्टम डट टेक्नोलोजीले कलर प्युरिफाइ गर्ने, कलर गेमुट सुधार्ने र डिस्प्ले कलर सहि तरिकाले मिलाउने काम गर्छ। यसरी यसले १.०७ बिलियन लेभलको कलरहरु वास्तवमै रिस्टोर गर्ने दाबी गरिएको छ।

क्युएलइडि प्रो डुअल पिक्चर क्वालिटी इन्ह्यान्सर सहितको एउटा नयाँँ जेनेरसनको क्यु एलइडि टेलिभिजन हो। यसको उच्च गुणस्तरीय पिक्चर इन्ह्यान्सिङ एन्जिनले हरेक सुन्दर पलहरुलाई एउटा अनुभवी र पोख्त मेक–अप आर्टिस्टले जस्तै राम्रोसँग देखाउँछ। स्काइवर्थको लेटेस्ट कमिलियन एक्स्ट्रिम २.० ले तस्बिरहरु सुक्ष्म रुपमा विश्लेषण गरेर प्रोसेस गर्छ। एस्युआइ ९५०० बिना फ्लिकर हाइ कलर गेमुट प्रयोग गर्ने पहिलो क्यु एलइडि हो जसले गर्दा तस्बिरको गुणस्तर उच्च हुनुको साथै हेर्ने मानिसको आँखालाई पनि नराम्रो असर गर्दैन।

त्यस्तै, फिफा वल्र्ड कप २०२२ लाई लक्षित गरेर कम्पनीले स्काइवर्थ बिगर स्क्रिन, बिगर ड्रिम स्किम पनि ल्याएको छ। यस स्किम अन्तर्गत उपभोक्ताहरुले स्काइवर्थ ब्रान्डको टेलिभिजन खरिदमा ३३ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यो स्किम मंसिर ३० गतेसम्म लागु हुनेछ। एस्युइ ९५०० सिरिज ५५, ६५ र ७५ इन्चमा उपलब्ध छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad