समाज


करिश्मा मानन्धरले मानसिक यातना दिएको निहारिकाको आरोप

करिश्मा मानन्धरले मानसिक यातना दिएको निहारिकाको आरोप

फाइल तस्बिर : छोराका साथमा निहारिका राजपुत र अभिनेत्री करिश्मा मानन्धर।


नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार ९:५४, काठमाडौँ

आफूविरुद्ध अन्याय भएको भन्दै न्याय मागिरहेकी निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरले आफूलाई मानसिक ‘टर्चर’ दिएको बताएकी छन्। मंगलबार करिश्माले निहारिका र उनका आरोपित शिवराज श्रेष्ठका दुई तस्बिर बिना क्याप्सन सार्वजनिक गरिन्। सार्वजनिक गरेको केही क्षणमा उनले त्यो तस्बिर आफ्नो फेसबुक पेजबाट हटाइन्। तर त्यसको स्क्रिन सर्ट भेटिन्छन्।

त्यसपछि आज बिहानै फेसबुक लाइभमा आएकी निहारिकाले करिश्माले आफूलाई पटक-पटक मानसिक यातना दिएको बताएकी हुन्।

उनी भन्छिन्, ‘करिश्मा मान्धरले पटक-पटक फोन गरेर मानसिक तनाव दिनुभयो। एकातिर मलाई फोन गरेर आऊ नानी मेरो नाति लिएर आऊ, म नातिबिना बस्न सक्दिनँ, तिमीबिना बस्न सक्दिनँ भन्नुभयो। अर्कातिर सामाजिक सञ्जालमा फोटो राख्नुभयो।’

करिश्माले आफूलाई भोइस म्यासेज पनि पठाएको निहारिकाले बताएकी छन्। भन्छिन्, ‘तपाईंले पठाएको भोइस म्यासेज, फोन संवादको रेकर्ड मसँग छ। म सामाजिक सञ्जालमा पब्लिक गर्छु। पब्लिकले अब थाहा पाउनुपर्छ उहाँको कतिवटा अनुहार छ भन्ने कुरा।’

करिश्माले निहारिका उनकै घरमा भएको बेला फोटो दिएको र फेसबुकमा राखेको भनेर समाचार लेख्न लगाएको बताउँदै निहारिका भन्छिन्, ‘म अनसनमा रहँदा सबैतिरबाट साथ नपाएपछि आत्मदाह गर्छु, म खरानी बनेर भए पनि अरु महिलालाई यो अवस्थामा पुग्नबाट बचाउँछु भनेर त्यो कदम उचालेको थिएँ। म टिचिङ अस्पतालमा हुँदा त्यो फोटो पब्लिक भएको हो। करिश्मा मानन्धरको घरमा म गएको होइन। उहाँ पटक-पटक मेरो कोठामा आउनुहुन्थ्यो। माया देखाउनुहुन्थ्यो। म तिमीलाई छोरी मान्छु भनेर भन्नुहुन्थ्यो। हिजो पनि त्यहि गर्नुभयो। फोटो अप्लोड गर्नुहुन्छ, ५ मिनेटमा हटाउनु हुन्छ, फेरि राख्नुहुन्छ, डिलिट गर्नुहुन्छ। मैले केही बोलिनँ, उहाँको बुद्धिले त्यति काम मात्रै गरिरहेको छ।’

उनी अगाडि भन्छिन्, ‘फोटोले के साबित हुन्छ? मेरो र उसको प्रेम सम्बन्ध थियो। प्रेम थियो भन्दैमा मलाई अचेत बनाएर मेरो प्राइभेट पार्टको फोटो तान्ने अधिकार उसको होइन। त्यतिसम्म उसले गरेको छ। सबै मसँग म्यासेज, रेकर्ड छन्। जुन म सार्वजनिक गर्न सक्दिनँ।’

उनले प्रश्न गरेकी छन्, ‘कुन प्रेमीले पेट बोकाएर रोडमा फालेर पेटको बच्चा मेरो होइन भन्छ?’

यसअघि पनि करिश्माले शिवराज र निहारिकाका निजी तस्बिर फेसबुकमा पोस्ट गरेकी थिइन्। यसको तीव्र आलोचना भएपछि तस्बिर हटाएकी थिइन्। निहारिकाको मुद्दामा डीएनए परीक्षणपछि उनले जन्माएको बच्चा शिवराजको भएको पुष्टि भइसकेको छ। निहारिकाको बलात्कारसम्बन्धी मुद्दा भने जनकपुर उच्च अदालतमा विचाराधीन छ। 

पहिलो अनसनमा बसेका बेला निहारिकाको पक्षमा देखिएकी करिश्मा दोस्रो अनसनमा निहारिकाको विरुद्धमा लागेकी हुन्। अनसनका बेला करिश्माले निहारिकालाई गरेको २० हजार आर्थिक सहयोग पनि फिर्ता गरेकी थिइन्। 

निहारिकाले फेसबुक लाइभमा आफूलाई असहयोग गर्ने धेरैको नाम लिएकी छन्।

निहारिकाको फेसबुक लाइभ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad