पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा ४०औँ वार्षिक अनुष्ठान हुने भएको छ।
आगामी मङ्सिर १ गतेदेखि ब्रह्माण्ड महापुराण कथा वाचन हुने धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए। मङ्सिर ६ गते बालाचतुर्दशीको दिन सतबीज रोपण गरी पुराणको समापन गरिने उनको भनाइ छ।
पुराणमा दैनिक कथा वाचन भक्तिमय भजन गरिँदै साँझ गङ्गा आरती गरिनेछ।
यसैबीच रुद्राभिषेक, तण्डुलाचल, धनधान्याचल, दैनिक हवन, भूमिदान जस्ता कार्य गरिने धाम समितिले जनाएको छ। मङ्सिर ५ गते लक्ष्यबत्ती प्रज्वलन साँझ ६ बजेदेखि गरिने र विभिन्न क्षेत्रबाट आउने धर्मानुरागीका लागि बस्ने व्यवस्था मिलाइएको छ। रासस
27
Shares

प्रतिक्रिया