ग्लोबल


ताइवानमा ‘रेड लाइन’ पार नगर्न बाइडेनलाई सीको चेतावनी

ताइवानमा ‘रेड लाइन’ पार नगर्न बाइडेनलाई सीको चेतावनी

नेपालखबर
कात्तिक २८, २०७९ सोमबार १९:५१, काठमाडौँ

चिनियाँ राष्ट्रपति सी चिनिफिङले अमेरिकी समकक्षी जो बाइडेनलाई ताइवान मामिलामा सीमारेखा पार नगर्न चेतावनी दिएका छन्।

बालीमा भएको तीन घण्टा लामो कुराकानीमा सीले सो चेतावनी दिएका हुन्।

‘चीनको केन्द्रीय हितको पनि केन्द्रमा ताइवानको प्रश्न छ र चीन–अमेरिका सम्बन्धको राजनीतिक आधार ताइवान नै हो। यो त्यस्तो पहिलो रेड लाइन हो, जसलाई कदापि पार गरिनु हुँदैन,’ चिनियाँ विदेश मन्त्रालयले सीलाई उधृत गरेको छ, ‘चीनलाई ताइवानबाट अलग गर्न खोज्ने जोकोहीले चिनियाँ राष्ट्रको आधारभूति हित उल्लंघन गर्छ। चिनियाँ जनताले त्यस्तो कदापि हुन दिने छैनन्।’

यसअघि बाइडेन पटकपटक यदि चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकी सेनाले सो टापुको रक्षा गर्ने अभिव्यक्ति दिएका थिए। यसलाई अमेरिकाको ताइवान नीतिमा आएको परिवर्तन ठानिएको थियो। किनभने अमेरिकाले ताइवानबारे ‘रणनीतिक अस्पष्टता’को घोषित नीति अपनाउँदै आएको थियो।

तर, राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भने बाइडेनको अभिव्यक्ति फिर्ता लिने गरेको थियो। ह्वाइट हाउसले अमेरिकाको नीति उही रहेको जोड दिँदै आएको छ।

अमेरिकी राष्ट्रपति बाइडेनले सीसँग युक्रेन र उत्तर कोरियासम्बन्धी विषय उठाएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad