ad ad

समाज


हरेक दिन १ डिग्रीका दरले घट्दै काठमाडौं उपत्यकाको तापक्रम, आज कति?

हरेक दिन १ डिग्रीका दरले घट्दै काठमाडौं उपत्यकाको तापक्रम, आज कति?

नेपालखबर
कात्तिक २७, २०७९ आइतबार ६:५७, काठमाडौँ

दिनदिनै तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ। एक हप्तायता काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीले ओरालो लागिरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस छ। हिजो उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस थियो। यसअघि शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम १०.६ डिग्री थियो।

अहिले बिहान ८:४५ बजे महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ। त्यसबेला काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पनि अपडेट गरिनेछ। 

हिजो शनिबारको मापनअनुसार भने देशका विभिन्न स्थानका अधिकतम तथा न्यूनतम तापक्रम यसप्रकार छ :

वर्षा र हिमपातको सम्भावना 
आज देशका केही स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना छ। 

मौसम महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी  प्रदेशको पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश नं १ को पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

अहिले (आइतबार बिहान) देशको पहाडी भेगका आंशिक बदली तथा बाँकी भेगका मौसम सामान्यतया सफा छ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउनुहुन अनुरोध छ। साथै तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .