समाज


२२ दिनमा ६ पटक शक्तिशाली भूकम्पको धक्का

२२ दिनमा ६ पटक शक्तिशाली भूकम्पको धक्का

मंगलबार रातिको भूकम्पले डोटीमा भत्किएको घर


नेपालखबर
कात्तिक २३ , काठमाडौँ

नेपालमा पछिल्लो २२ दिनमा ६ पटक भूकम्पको धक्का महसुस गरिएको छ। यही कात्तिक २ गतेदेखि २३ गतेसम्म ६ पटक भूकम्पले धक्का दिएको हो।

भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टर स्केलभन्दा माथिका ६ पटकसम्म भूकम्प गएको हो। कात्तिक २ गते दिउँसो ३ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएको भूकम्प ५.९ रेक्टर स्केलको थियो । सोही दिन तीन बजेर ५३ मिनेटमा पुनः सिन्धुपाल्चोक नै केन्द्र बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो।

सिन्धुपाल्चोकपछि सुदूरपश्चिम प्रदेशलाई केन्द्रबिन्दु बनाएर चारपटक भूकम्प गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ।

कात्तिक १३ गते बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो भने मङ्गलबार राति नै तीनपटक भूकम्प गएको थियो। ९ बजेर ७ मिनेटमा ५.७ रेक्टर स्केलको भूकम्प डोटी केन्द्रबिन्दु बनाएर गएको थियो भने ९ बजेर ५६ मिनेटमा ४.१ रेक्टर स्केलको सुदूरपश्चिमको खप्तडमा केन्द्र बनाएर गएको थियो। त्यसपछि लगातार सानातिना भूकम्पका धक्का महसुस भइरहे।

मङ्गलबार राति २ बजेर १२ मिनेटमा शक्तिशाली भूकम्प आएर डोटीमा ६ जनाले ज्यान गुमाए भने ५ जना घाइते भए। त्यस भूकम्पले सुदूरपश्चिमका पहाडी जिल्लामा सयौँ घर क्षतिग्रस्त भएको बताइएको छ। रासस

कात्तिक २३, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.