समाज


काठमाडौंसहित पहाडी भेगमा पानी पर्ने सम्भावना

कहाँको तापक्रम कति पुग्यो?
काठमाडौंसहित पहाडी भेगमा पानी पर्ने सम्भावना

फाइल तस्बिर


नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार ६:५८, काठमाडौँ

अहिले (बिहीबार बिहान ६ः२७ बजे मौसमविद्सँग कुरा गर्दा) देशका पहाडी र हिमाली भेगमा आंशिक बदली छ भने पूर्वको हिमाली भेगमा मौसम आंशिकदेखि सामान्य बदली छ। अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार आंशिक बदली भनेको आकाश २६ प्रतिशतदेखि ५० प्रतिशतसम्म बादलले ढाकेको,  सामान्य बदली भनेको आकाश ५१ प्रतिशतदेखि ७५ प्रतिशतसम्म आकाश बादलले ढाकेको, सामान्यतया सफा भनेको आकाश २५ प्रतिशत बादलले ढाकेको अवस्था हो। पूर्ण बदली भनेको चाहिँ आकाश ८८ प्रतिशतभन्दा बढी बादलले ढाकेको अवस्था हो। 

मौसमविद् श्रेष्ठका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

आज काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना छ। ‘तर सम्भावना न्यून छ, तर पनि दिउँसोतिर फाटफुट पानी पर्न सक्छ’, मौसमविद् श्रेष्ठले भने।  

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति देशका पहाडी भेगका आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। 

मौसमविद् श्रेष्ठले दिएको जानकारीअनुसार आज बिहान ५:४५ को मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस छ। यो पुनः बिहान ८:४५ बजे अपडेट हुनेछ भने त्यतिबेला देशका अन्य स्थानका न्यूनतम तापक्रमको विवरण पनि आउनेछ। 

हिजो (कात्तिक १६ गते) को मापनअनुसार देशका विभिन्न स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम यस्तो छ : 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad