राष्ट्रिय मानव अधिकार आयोगले कालिकोटमा भएको बम विस्फोट घटनाका पीडितलाई क्षतिपूर्ति दिन सरकारसँग आग्रह गरेको छ।
कालीकोटको तिलागुफा नगरपालिका–१० मा यही कात्तिक १२ गते बम विष्फोटमा परी २ जना बालिकाको मृत्यु हुनुका साथै ३ जना बालबालिका घाइते भएका थिए।
सो घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले सम्बन्धित निकायमा पत्राचार गर्नुका साथै, घटनाको स्थलगत अनुगमन गर्न टोली पठाएको जनाएको छ।
आयोगले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन आग्रह गरेको छ।
‘यस प्रकारका घटनाहरू बिगतदेखि नै भइरहेको सन्दर्भमा यस्ता घटनालाई संवेदनशीलरूपमा लिई घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, घटनाका पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, घाइते बालबालिकाहरुको निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था गर्न, आगामी दिनमा यस प्रकारका घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने गराउने कार्यमा संवेदनशील हुन आयोग नेपाल सरकार र सम्बद्ध निकायलाई आग्रह गर्दछ’ आयोगले भनेको छ।
Shares

प्रतिक्रिया