ad ad

समाज


न्युयोर्कमा पनि दीपावलीको बिदा

न्युयोर्कमा पनि दीपावलीको बिदा

फाइल फाेटाे


नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार १९:१४, न्युयोर्क

आगामी वर्षको दीपावलीदेखि न्युयोर्क महानगरका सार्वजनिक विद्यालयमा बिदा दिइने भएको छ । न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बिहीबार उक्त घोषणा गरेका हुन्। 

न्युयोर्क विधानसभा सदस्य जेनिफर राजकुमारले दीपावलीमा बिदा दिनेसम्बन्धी कानुनी प्रस्ताव प्रस्तुत गरेका थिए। महानगरका विधायकले पनि उक्त प्रस्तावलाई अनुमोदन गरेको केवल न्युज नेटवर्कले जनाएको छ।

प्रकाशको पर्व दीपावली मनाउने हिन्दू, बौद्ध, सिख र जैन धर्मका दुई लाखभन्दा बढी न्युयोर्कवासीले उक्त निर्णयको स्वागत गरेका छन्। दीपावलीको बिदाले विद्यालयको पठनपाठनमा कुनै असर नपर्ने र नियमानुसार वार्षिक एक सय ८० दिन कक्षा सञ्चालन हुने बताइएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .