समाज


भारतको एउटा गाउँ जहाँ सबै जना संस्कृत बोल्छन्

भारतको एउटा गाउँ जहाँ सबै जना संस्कृत बोल्छन्

नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार १९:२, असाम

भारतको असामको एउटा गाउँका सबै जना संस्कृत  भाषा बोल्छन्।  ‘संस्कृतग्राम’ भनेर चिनिने त्यो गाउँका बासिन्दाहरूले सन् २०१५ देखि संस्कृत भाषामै दैनिक व्यवहार गर्दै भाषिक आदानप्रदान गर्ने गरेका छन्।

कारिम्गञ्ज जिल्लाको पटियला गाउँका  ६० परिवारका करिब ३०० जनाले संस्कृत भाषालाई  बोलचालको भाषाका रूपमा  अङ्गीकार गरेका छन्। चाहे बालक होस् या बृद्ध सबै संस्कृत भाषामा बोल्छन्। यो गाउँका सबैलाई  खुसी संस्कृतवक्ताको गाउँ भनेर चिनिन्छ।  गाउँलेहरूले आगामी नयाँ पुस्ताले यसलाई निरन्तरता दिने र भाषिक चिन्तनको विकास गर्ने लक्ष्य राखेर सो अभियान चलाएको बताउँछन्।

अत्यन्त  प्राचीन र समृद्ध भाषा तर दैनिक व्यवहार र बोलिचालीका हिसाबले लुप्त हुँदै गएको भाषाको जनस्तरबाटै संवर्धन गर्ने उद्देश्यले सो अभियान चलाइएको र सन्  २०१३ देखि त्यो गाँउमा नियमित रूपमा दैनिक योगशिविर समेत आयोजना गर्ने गरिको छ। स्थानीय दीपनाथ जो योगप्रशिक्षक पनि हुन्, उनले  सो अभियानबाट नयाँ पुस्तामा आफ्नो  योगजीवन र प्राचीन भाषाको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्छन्। त्यो गाउँमा प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म योगशिविर सञ्चालन हुन्छ। त्यो शिविरमा पनि संस्कृत नै बोलिन्छ।

त्यसैगरी प्रत्येक महिना गायत्री यज्ञ आयोजना गरिन्छ र सबैले त्यसमा सहभागिता जनाउँछन्। साठी परिवारमध्ये प्रायः सबै कृषि कर्मै संलग्न छन्। केवल १५ जना मात्र अन्य रोजगारीमा आबद्ध छन्। छिमेकी गाँउ अनिपुरबस्तीमा पनि यस्तै अभ्यास गर्न लागिएको दीपनाथले बताउँछन्।  विपुल ज्ञानभण्डार भएको संस्कृत भाषा अहिले जनस्तरबाट उपेक्षित देखिन्छ भने राज्यस्तरबाट समेत त्यति ध्यान दिइएको पाइँदैन। तर स्थानीयस्तरबाट भाषिक संरक्षणमा  चलाइएको अभियान चारैतिरबाट प्रशंसित छ। रासस/एनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad