शान्ति स्थापनार्थ मालीको मिनुस्मा मिसनमा कार्यरत नेपाली सेनाको अदली बदली भएको छ ।
युनाइटेड नेसन्स मल्टिडाइमेन्सनल इन्टिग्रेटेड स्टाबिलाइजेसन मिसन इन माली (मिनुस्मा), मालीमा तैनाथ श्री ई.ओ.डी. गुल्म (शान्ति सेना) आठौं डफ्फालाई बदली गर्नको लागि श्री ई.ओ.डी. गुल्म (शान्ति सेना) नवौं डफ्फाको अन्तिम टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ।
सेनानी पवन थापाको नेतृत्वमा ७५ जना नेपाली शान्ति सैनिकहरु यूएन चार्टड फ्लाइटमार्फत काठमाडौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका हुन् ।
साथै, उक्त मिशनमा तैनाथ श्री ई.ओ.डी. गुल्म (शान्ति सेना) आठौं डफ्फाको अन्तिम टोली प्रमुख सेनानी संगित पुनको नेतृत्वमा ७५ जना नेपाली शान्ति सैनिकहरु यही कात्तिक ४ गते स्वदेश आगमन हुने समेत सेनाले जानकारी गराएको छ।
संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत यूएन मिसनहरुमा खटिइ शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
Shares
प्रतिक्रिया