ad ad

समाज


रहेनन् मानवशास्त्री ओम गुरुङ

रहेनन् मानवशास्त्री ओम गुरुङ

नेपालखबर
असोज ३१, २०७९ सोमबार १६:३०, काठमाडौँ

मानवशास्त्री तथा नेपाल जनजाती महासंघका पूर्वमहासचिव डा. ओम गुरुङको निधन भएको छ।

क्यान्सर रोगबाट पीडित गुरुङको सोमबार ६८ वर्षको उमेरमा ललितपुरको हिरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो।

विस. २०११ माघ २९ गते बागलुङको ताराखोलामा जन्मेका गुरुङले त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गरेका थिए। उनी १२ वर्षसम्म समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख भएका थिए।

गुरुङले १९९६ मा गुरुङले अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गरेका थिए। 

उनको श्रीमती, १ छोरा र २ छोरी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .