ad ad

समाज


सवारी साधनमा नम्बर प्लेट स्पष्ट नराख्ने ६ सय १० जना चालक कारबाहीमा

सवारी साधनमा नम्बर प्लेट स्पष्ट नराख्ने ६ सय १० जना चालक कारबाहीमा

फाइल फोटाे


नेपालखबर
असोज २८, २०७९ शुक्रबार १९:२४, काठमाडौँ

नम्बर प्लेट स्पष्ट नभएका ६ सय १० ओटा सवारी साधन कारबाहीमा परेका छन्।

आज गरिएको विशेष चेकिङको क्रममा नम्बर प्लेट स्पष्ट नभएका ६ सय १० ओटा र  नम्बर प्लेट आकाशतिर फर्काउने ४१ ओटा दुईपाङ्ग्रे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

काठमाडाैं उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङको क्रममा नम्बर प्लेटमा  स्पष्ट रुपमा नम्बरहरु नदेखिने, मापदण्ड अनुसार नम्बर प्लेट नराख्ने र नम्बर प्लेट आकाश तर्फ फर्काएर राख्ने दुईपाङ्ग्रे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो।

त्यस्तै, ठूलो आवाज निकाल्ने ७ ओटा मोटरसाइकलका चालक पनि कारबाहीमा परेका छन्। 

स्पष्ट रुपमा देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडि र पछाडि राख्न पनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले अनुरोध गरेका छन्।

तोकिए बमोजिमको नम्बर प्लेट दुरुस्त नभएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .