समाज


सशस्त्रका असईको हत्या संगठनभित्रैबाट : एसपी हेडक्वार्टर तानिए, जवान पक्राउ

सशस्त्रका असईको हत्या संगठनभित्रैबाट : एसपी हेडक्वार्टर तानिए, जवान पक्राउ

नेपालखबर
असोज २७, २०७९ बिहिबार १६:२४, काठमाडौँ

सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्यामा संगठनभीत्रैका व्यक्तिको संलग्नता देखिएको छ।

प्रहरीले बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत असई यादवको हत्यामा संलग्नता देखिएको भन्दै सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीलाई पक्राउ गरेको छ।

जवान खत्री पनि यादवसँगै त्यही बीओपीमा कार्यरत थिए। 

बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत असई यादव नेपाल-भारत सीमाभन्दा ३ किलोमिटर भारततर्फ असोज २० गते मृत फेला परेका थिए। 

यस्तै घटनापछि सशस्त्र प्रहरी प्रधान कार्यालयले राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रदीप खड्कालाई हेडक्वार्टर तानेको छ।

हत्यामा सशस्त्र प्रहरी जवानले युवतीको प्रयोग गरेर हत्या गराएको प्रहरीको अनुमान छ।

बोर्डरमा तस्करको समेत संलग्नता रहेको आशंकासहित प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad