समाज


धनुषाधाममा पनि शंकास्पद वस्तु, बम भएको आशंकामा विद्यालय खाली गराइयो

धनुषाधाममा पनि शंकास्पद वस्तु, बम भएको आशंकामा विद्यालय खाली गराइयो

शैलेन्द्र महताे
मंसिर ३०, २०७६ सोमबार ५:४६,

धनुषाकाे धनुषाधाममा पनि शंकास्पद वस्तु भेटिएको छ। जनकपुरधाम उपमहानगरपालिका बाह्रबिघामा शंकास्पद वस्तु भेटिएलगत्तै फेरि धनुषाधाम नगरपालिका-५ पर्वतास्थित उच्च माध्यमिक विद्यालयमा शंकास्पद वस्तु फेला परेको हाे। 

शंकास्पद वस्तु फेलापरेपछि विद्यार्थीमा त्रास बढेको छ। विद्यालयको लेखा शाखाको झ्यालमा सेताे प्लास्टिकमा राखिएको वस्तु बम हुन सक्ने आशंकामा प्रहरीले विद्यालय खाली गराएको छ।

‘शंकास्पद वस्तु देखेपछि विद्यालय खाली गराएका छौँ। जिल्लामा पनि खबर गरिसकेका छौँ। त्यहाँबाट टोली आइसकेपछि मात्र के हो भन्ने यकिन हुन्छ,’ इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी सहायक निरिक्षक मेग्जन लामाले भने।

यसअघि धनुषाकै जनकपुरधाम उपमहानगरपालिका ९ बाह्रबिघास्थित सरस्वती माविनजिक सडक बीचमा  शंकास्पद वस्तु भेटिएको थियाे। 

याे पनि : जनकपुरमा एउटा बम निष्क्रिय पारेलगत्तै भेटियो अर्काे शंकास्पद वस्तु

नेपाली सेनाको बम डिस्पोजल टोलीले त्याे बम नभएको पुष्टि गरेकाे छ।

आजै बिहान धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ संकटमोचन मन्दिर पश्चिम बागवानी जाने बाटोछेउमा भेटिएको बम रातभर सुरक्षा घेरामा राखेर सेनाले डिस्पोज गरेको थियो।

यसअघि धनुषाकै महेन्द्रनगरमा शुक्रबार राति बम विस्फोट हुँदा प्रहरी निरिक्षकसहित तीन जनाको ज्यान गएको थियो। लगत्तै बम भेटिने क्रम जारी रहेपछि स्थानीय त्रसित भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .