जिल्लाको छायाँनाथ रारा नगरपालिकाका पहिरोमा परी ९ जना बेपत्ता भएका छन्।
छायाँनाथ रारा नगरपालिका ८ झ्यारी गाउँका १० घर पहिरोका कारण पूणर्रुपमा क्षति भएका छन्।
नगरपालिकाकै वडा नम्बर ७ टोप्ला गाउँमा पहिरोले घर भत्किँदा २५ भेडासहित लाखौँको धनमाल नष्ट भएको छ।
साथै पहिरोको उच्च जोखिम रहेकोले टोप्ला, सिगाडी र घुइर गाउँका अधिकांश बासिन्दा विस्थापित हुने अवस्थामा पुगेका छन्।
गमगढी बजारस्थित कालिका मालिका मन्दिर नजिक करिव २० घर पहिरोको उच्च जोखिममा छन्।
सञ्चारविहीन हुँदा अन्य क्षेत्रको क्षतिको विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ।
42
Shares
प्रतिक्रिया