राजनीति


उम्मेदवारी दर्तापछि बेपत्ता परिवारसँग आशीर्वाद लिइन् ओनसरीले

उम्मेदवारी दर्तापछि बेपत्ता परिवारसँग आशीर्वाद लिइन् ओनसरीले

नेपालखबर
असोज २४, २०७९ सोमबार १०:४६, काठमाडौँ

पूर्वसभामुख ओनसरी घर्तीले सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा काठमाडौं २ बाट उम्मेदवारी दिएकी छन्। 

उम्मेदवारी दर्तालगत्तै उनी सशस्त्र द्वन्द्वकालमा बेपत्ता परिवारसँग भेटघाट गर्न पुगिन्।

थलीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्तालगत्तै घर्तीले आइतबार साँझ कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीस्थित बुद्धि पोखरेलको घर पुगेर उनका परिवारसँग भेटेकी हुन्। 
 

माओवादी कार्यकर्ता पोखरेललाई तत्कालीन राज्य पक्षले २०६१ सालमा नियन्त्रणमा लिएर बेपत्ता पारेको थियो। 

त्यस क्रममा उनले पोखरेलका वृद्ध बाबुआमासहित परिवारका सदस्यसँग विजयको आशिर्वाद लिइन्। 

पोखरेल परिवारले सभामुखका रुपमा भूमिका निर्वाह गरिसकेकी घर्ती उम्मेदवारका रुपमा पाउनु खुसीको कुरा भएको भन्दै विजयको शुभकामना दिएको थियो। 

पोखरेलकी आमाले आफ्नो छोराछोरी नै पार्टी भएको भन्दै अभिभावकत्व लिइदिन भनिन्। 

जवाफमा घर्तीले आफूहरु शहीद, बेपत्तासहित आमजनताको विकास र समृद्धिप्राप्तिको चाहनाका लागि सक्रिय रहँदै आएको बताइन्। 

माओवादी स्थायी समिति सदस्यसमेत रहेकी घर्ती ०७२ मा संविधानसभाबाट संविधान जारी भएपछि रुपान्तरित प्रतिनधिसभामा सभामुख थिइन्।

त्यसअघि दोश्रो संविधानसभामा उनले उपसभामुखका रुपमा काम गरेकी थिइन्।

एकपटक प्रत्यक्ष र दुईपटक समानुपातिक पद्धपतितर्फबाट सांसद भएर्की घर्तीलाई सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको हो। 

गठबन्धनबाट घर्तीसँगै काठमाडौं २ 'क' मा  कांग्रेसका ध्रुव केसी र 'ख' मा एकीकृत समाजवादीका भरतप्रसाद फुँयालले उम्मेदवारी दिएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .