मनास्लु हिमाल क्षेत्रमा बिहीबारदेखि फसेका दुई विदेशीसहित ८ जनाको नेपाली सेनाले उद्धार गरेको छ।
मनास्लु क्षेत्रको न्याक गाउँमा गएको पहिरोका कारण फसेका दुई इजरायली नागरिक र ६ जना नेपालीलाई नेपाली सेनाले हेलिकोप्टरको सहयोगमा उद्धार गरेको हो।
इजरायली नागरिकहरु ओरी ओरअफ र एरिफ बोर्ट रहेका छन्।
यस्तै नेपाली नागरिकहरु तेम्बा गोथे, हुतेम लामा भोटे, पासागं भोटे, पासागं तामागं, जनकराम राई र मिम्बा छिरिगं शेर्पालाई सेनाले उद्धार गरेर शुक्रबार साँझ काठमाडौं लगेको हो।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि नेपाली सेनाले जनाएको छ।
78
Shares
प्रतिक्रिया