समाज


पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुर्खेतमा हुने

पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुर्खेतमा हुने

फाइल तस्बिर


नेपालखबर
असोज १५, २०७९ शनिबार १६:५७, काठमाडौँ

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा आगामी पुषमा हुने भएको छ। 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आगामी पुष महिनाको ८ र ९ गते  महासंघको साधारणसभा हुने भएको हो। 

शनिबार पत्रकार महासंघ सुर्खेत शाखाले आयोजना गरेको विजया दशमी, दीपावली, छठ पर्वको शुभकामना आदानप्रदान तथा केन्द्रीय साधारणसभा बारे छलफलमा महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले सुर्खेतमा हुने बताए। 

सेजुवालका अनुसार महासंघको नगरकोट बैठकले आगामी साधारणसभा सुर्खेतमा गर्ने निणर्य गरेको थियो।

कार्यक्रममा बोल्दै सेजुवालले कर्णालीमा पहिलो पटक हुन लागेको केन्द्रीय साधारणसभा गौरवको विषय भएकाले सफल पार्न सबै कर्णालीवासीका पत्रकारहरु लाग्नुपर्ने बताए। 

कार्यक्रमका लागि आर्थिक स्रोतको पहिचान, आगन्तुकहरुलाई आवास तथा सत्कार जस्ता मूख्य पक्षलाई ध्यान दिएर अगाडि बढ्नु पर्नेमा सेजुवालले  जोड् दिए। 

२०१२ सालमा स्थापना भएको महासंघका कुनै पनि केन्द्रीयस्तरका कार्यक्रम कर्णालीमा हुन सकेका थिएनन्। महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले आर्थिक स्रोतहरुको खोजि गरिनु पर्नेमा जोड दिए।

यस्तै, सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले कार्यक्रम सफल पार्न महासंघमा आवद्ध सबैको भूमिका महत्वपूर्ण हुने बताए। 

कार्यक्रम सफलताका लागि प्रचार(प्रसारमा जोड दिनुपर्ने  बसेलले बताए। साथै साधारणसभामा देशभरबाट करिव सात सय जना पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad