जनता समाजवादी पार्टी (जसपा) ले सिट बाडफाटमा काङ्ग्रेस लचिलो नभए अन्यदलसँग मिल्ने विकल्प खुलाउने निर्णय गरेको छ।
शनिबार बिहानदेखि पार्टी कार्यालयमा जारी केन्द्रिय कार्यकारिणी समिती बैठकले तीन आधार खुला गर्ने निर्णय गरेको पार्टी कार्यालय सचिव प्रकाश अधिकारीले जानकारी दिए।
बैठकमा अध्यक्ष उपेन्द्र यादवले अहिलेसम्म गठबन्धन र शीर्ष नेताबीच चुनावी तालमेलका विषय ब्रिफिङ गरेका थिए ।
तर, सिट बाडफाटबारे प्रयास जारी भएपनी काङ्ग्रेसले बढी सिट दाबी गरेर कुरा नमिलेको उनले बताए ।
‘गठबन्धनसंग मिलेर जाने प्रयास जारी छ, अहिलेसम्म केही सिट मिलेको छैन, एउटा सिट मिलेन भनेपनी गठबन्धनमा सहमति हुँदैन,’ अध्यक्ष उपेन्द्रको भनाइ उदृत गर्दै अधिकारीले नेपालखबरसंग भने, ‘अब हामीले तीन विकल्प खुला गर्नुपर्छ।’
पहिलो, सकेसम्म गठबन्धन जोगाएर चुनावमा तालमेल गर्ने।
दोस्रो, कुनै कारण गठबन्धनमा सहमति नभए मिलेको जति मिलेर जाने र बाकीमा स्वस्थ प्रतिस्पर्धा गर्ने।
तेस्रो, जुनसुकै दलसँग मिलेर भएपनी चुनावमा जाने र आफ्नो सिट सुरक्षीत गर्ने।
सत्ता गठबन्धनबिच ९ ठाउँमा दोहोरो दाबी भएका बाहेक अन्य स्थानमा सहमति जुटिसकेको छ ।
तर प्रतिनिधि सभा तर्फ पनि सहमति नभएकोले प्रदेशमा पनि कुरा मिल्न सकेको छैन।
साउन २० गते पाँच दलले मंसिर ४ गते हुने प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० प्रत्यक्ष तर्फका सिट बाँडफाँट गरेर चुनाव लड्ने निर्णय गरेका थिए।
काङ्ग्रेस भित्रको आन्तरिक लडाइँ र सिट बढी दाबीले सहमति हुन नसकेको अर्को नेताले बताए। धनकुटा, सुनसरी, रुपन्देही–१, रौतहट ४ र महोत्तरी ३ मा जसपाले माग गरेपछी कुरा मिलेको छैन।
Shares
प्रतिक्रिया