नेपाल पत्रकार महासंघले महासंघ बागलुङका सदस्य तथा इलाकाखबर अनलाइनका सम्पादक सज्जन कुमार सिंह (सूर्य बहादुर विश्वकर्मा) र उनका परिवारलाई भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
महासंघ गण्डकी प्रदेश समितिका अनुसार ‘गणेश गेमिङ’ भन्ने फेसबुक आइडीबाट पत्रकार सिंहको म्यासेज बक्समा अश्लील गालीगलौजसहित पत्रकार सिंहसहित उहाँको परिवारलाई भौतिक कारबाहीको धम्की दिइएको छ।
‘महासंघ पत्रकार र पत्रकारका परिवार असुरक्षित बनाउने गरी धम्की दिइएको यो घटनालाई गम्भीर रूपमा लिई धम्की दिने व्यक्तिको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ’ महासचिव रोसन पुरीद्वारा विज्ञप्तिमा भनिएको छ।
36
Shares
प्रतिक्रिया