ad ad

समाज


नागरिकता बनाइमाग्दा सौतेनी आमाको हत्या, एकजना युवक पक्राउ

नागरिकता बनाइमाग्दा सौतेनी आमाको हत्या, एकजना युवक पक्राउ

नेपालखबर
असोज ९, २०७९ आइतबार ११:४३, काठमाडौँ

सौतेनी आमाको हत्या आरोपमा बाराबाट एकजना पक्राउ परेका छन्। 

भदौ ३० गते साँझ बाराको कलैया उपमहानगरपालिका-७ रंगपुरकी ततरी देवीको हत्या अभियोगमा उनका सौतेनी छोरा २५ वर्षीय जय किशोर यादवलाई प्रहरीले पक्राउ गरेको हो। 

साँझ घरमै सामान्य विवादका क्रममा जयकिशोरले खुकुरी प्रहार गर्दा ततरीको घटनास्थलमै मृत्यु भएको बारा प्रहरीले जानकारी दिएको छ। 

घटनापछि जयकिशोर फरार थिए। उनलाई प्रहरीले पर्साको ईनर्वाबाट पक्राउ गरेको हो। तेतरी देवीको नागरिकता नबाइदिएको विषयमा उनीहरुबीच विवाद भएको थियो। 

ततरीका श्रीमान शिवनारायण यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ। तेतरी देवीको करिव ३० वर्ष अगाडि शिवनारायण यादवसँग विवाह भएको थियो। उनीहरुका सन्तान छैनन्। 

तेतरी देवीले नागरिकता बनाउनको लागि पटकरपटक आग्रह गरेको तर शिव नारायण यादवले कान्छी श्रीमती तथा छोरा जय किशोर यादवको दबाबमा नागरिकता बनाउन आलटाल गर्दै आएको प्रहरीले बताएको छ। 

नागरिकता बनाएको खण्डमा तेतरी देवीलाई अंश दिनुपर्ने भएपछि नागरिकता नै नबनाइदिएको आरोपितको बुझाइ रहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .