पहिराका कारण नारायणगढ–मुग्लिन सडक बन्द भएको छ।
गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
अहिले दुवैतर्फ सडक बन्द भएपछि जेसीभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेकोे छ।
गन्तव्यमा हिँडेका सयौँ सवारीसाधन र यात्रु बाटैमा रोकिएका छन्।
यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौँपटक पहिरो खस्दा सडक बन्द भएको छ। रासस
33
Shares
प्रतिक्रिया