उच्च अदालत पाटनले चौधरी ग्रुपको विचाराधीन मुद्दामा समाचार नलेख्न आस्था प्रकाशन प्रालिलाई अन्तरिम आदेश दिएको छ।
न्यायाधीश बालेन्द्र रुपाखेतीको एकल इजलासले शुक्रबार चौधरी ग्रुपले दायर गरेको मुद्दामा उक्त आदेश दिएको हो।
ग्रुपका तर्फबाट अधिवक्ताद्वय राजकुमार घिमिरे र विपिन सुवेदीले बहस गरेका थिए। बहससँगै उच्च अदालतले विपक्षी आस्था प्रकाशनलाई आफू वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको छ।
चौधरी ग्रुपले प्रकाशनविरुद्ध ललितपुर जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेको र सो मुद्दा विचाराधीन भएकोले उच्च अदालतले यस्तो आदेश दिएको हो।
असोज ७, २०७९, शुक्रबार
138
Shares
प्रतिक्रिया