ad ad

समाज


रत्नपार्कमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

रत्नपार्कमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
असोज ७, २०७९ शुक्रबार १२:३०, काठमाडौँ

काठमाडौंको रत्नपार्कमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

शुक्रबार बिहान मोटरसाइकलको ठक्करबाट घाइते भएका काठमाडौंका ६२ वर्षीय सुदनकुमार तण्डुकारको मृत्यु भएको हो।

बिहान ५ः४५ बजे रत्नपार्कबाट भद्रकालीतर्फ जाँदै गरेको बागमति प्रदेश ०२–०२८ प ७००२ नम्बरको मोटरसाइकलको ठक्करबाट बाटो काट्दै गरेका तण्डुकारलाई ठक्ककर दिँदा गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। 

ट्रमाबाट ग्राण्डी अस्पताल लगिए पनि उनको उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। 

मोटरसाइकल चालक सप्तरीका २१ वर्षीय रुपेश कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी पनि सामान्य घाइते छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .