ad ad

समाज


बलात्कार आरोपमा पक्राउ परेका साल्ट ट्रेडिंग सुर्खेतका प्रमुख धरौटीमा रिहा

बलात्कार आरोपमा पक्राउ परेका साल्ट ट्रेडिंग सुर्खेतका प्रमुख धरौटीमा रिहा

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार १२:४२,

बलात्कार आरोपमा पक्राउ परेका साल्ट ट्रेडिंग कार्यालय सुर्खेतका प्रमुख रामबाबु गुप्ता आज धरौटीमा रिहा भएका छन्।

जागिर लगाई दिने भन्दै एक युवतीलाई बलात्कार गरेको आरोपमा उनी यही मंसिर ५ गते पक्राउ परेका थिए। कार्यालय प्रमुख गुप्ताले विभिन्न प्रलोभन देखाएर बलात्कार गर्ने गरेको र पछि भिडियो बनाएको छु, सार्वजनिक गर्दिन्छु भन्दै डर देखाएर बलात्कार गर्दै आएको पीडितको युवतीले प्रहरीमा उजुरी दिएकी थिइन्।

त्यही उजुरीका आधारमा कार्यालय प्रमुख गुप्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब निरीक्षक रवि रावलले जानकारी दिए।

कार्यालय प्रमुख गुप्तालाई रु तीन लाख ५० हजार धरौटीमा रिहा गरिएको जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार अधिकृत भोपाल भण्डारीले राससलाई जानकारी दिए। ‘गुप्ता कसुरदार देखिएकाले धरौटी लिएर छोडिएको हो,’ रासससँग कुरा गर्दै श्रेस्तेदार अधिकृत भण्डारीले भने, ‘अनुसन्धान निरन्तर चलिरहन्छ।’

पीडित युवती भने डिप्रेसनका कारण अस्पतालमा उपचारत रहेको उनका आफन्तले जनाएका छन्। महिला अधिकारवादी पवित्रा शाहीले यस घटनाले अदालतको स्वच्छताप्रति नागरिकहरुको विश्वास मरेको बताए। उनले भने, ‘महिला, बालिकाहरु धमाधम बलात्कृत भइरहेका छन्। तर, शक्ति र पैसाका भरमा पीडकलाई उन्मुक्ति दिएर पीडितलाई अझ पीडा दिइन्छ। यो कदापि सैह्य हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .