ad ad

समाज


कार्तिकबाट बागमतीमा सफा पानी बग्ने, ९८ प्रतिशत काम सकियो

कार्तिकबाट बागमतीमा सफा पानी बग्ने, ९८ प्रतिशत काम सकियो

नेपालखबर
असोज ३, २०७९ सोमबार १३:४२, काठमाडौँ

बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आगामी कार्तिकबाट बागमती नदीमा सफा पानी बग्ने भएको छ।

काठमाडौं उपत्यकाकै (काठमाडौं, ललितपुर र भक्तपुर) आकर्षक बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्ने बागमती धाप परियोजनामा जम्मा गरिएको पानी आगामी असोज २९ गतेपछि बागमती नदीमा पठाउने तयारी भइरहेको छ।

समुन्द्री सतहबाट दुई हजार ८० देखि ९० मिटरको उचाईमा मानव निर्मित यति ठूलो पोखरी नेपालमै पहिलो भएकाले पनि यसलाई आकर्षक मान्ने गरिएको छ । साथै यो धाप नेपालमै पहिलो सीएफआरडी ड्याम पनि हो। 

उपत्यकाको उत्तरपश्चिम चुचुरो मुलखर्क गाउँको सिरानमा बनिरहेको कृत्रिम ताल निर्माणको लागत ४५ करोड रुपैयाँ हो। यो ताल आठ हेक्टर अर्थात् १५८ रोपनीमा फैलिएको छ। सन् २०१५ देखि ड्यामको काम सुरु गरिएको थियो। यो धापमा २४ मिटर अग्लो बाँध हुने र बाँधमा वर्षा याममा परेको पानी र विभिन्न जलाधार क्षेत्रबाट आएको पानी संकलन गरिनेछ। यो क्षेत्र आफैँमा धाप क्षेत्र पनि हो। निर्माण हुँदै गरेको धाप बाँधले सुख्खायाममा प्रतिसकेण्ड ४० लिटरका दरले बागमतीमा आठ महिनासम्म पानी छोड्न मिल्नेछ।

ढलको व्यवस्थापन प्रभावकारी हुनसके र सँगसँगै फोहोर व्यवस्थापन भएको खण्डमा त्यसले बागमतीको शिरदेखि चोभारसम्म नै सफा पानी बग्नेछ। आयोजनाका प्रमुख इन्जिनियर निश्चल छतकुलीले काठमाडौं उपत्यकामा पानीको उपलब्धता र पानीको गुणस्तर दिनानुदिन घट्दै गइरहेको अवस्थलाई मध्यनजर गरेर धाप निर्माण गरेको बताए।

उनले बागमतीमा पानीको वहाव र पानीको गुणस्तर बढाउनको लागि विभिन्न स्थानमा धापहरुको निर्माण गरी स्नानयोग्य बनाउने उद्देश्यले धाप निर्माण गरेको बताए। उनले हालसम्म ९८ प्रतिशत काम सम्पन्न भएको बताए। 

धापबाट बागमतीमा पानी पठाइसकेपछि पनि नुहाउनयोग्य बनाउनको लागि ४५० लिटरजति सफा पानी मिसाउनुपर्ने जायिकाको अध्ययनले देखाएको बताए।

एशियाली विकास बैंकको ऋण सहयोगमा यो अभियान सुरु भएको बताए। मुख्य ड्याम र सहायक ड्यामहरु पनि निर्माण भइ पानी जम्मा गर्न सुरु गरिएको बताए।

सुरुमा ८ लाख ५० हजार घनमिटर जति पानी जम्मा गर्न सकिन्छ भनेपनि अहिले त्यो भन्दा धेरै मात्रामा जम्मा गर्न सकिने कुरा अध्ययनले देखाएको बताए।

‘गोकर्णेश्वर वडा नम्बर १ स्थित शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र निर्माण गरिएको धाप हो। यो आयोजना सुरु गर्नुको मुख्य उद्देश्य काठमाडौं उपत्यकामा पानीको उपलब्धता र पानीको गुणस्तर दिनानुदिन घट्दै गइरहेको छ,’ उनले भने, ‘त्यसै सन्दर्भमा जायिकाले लामो समयदेखि अध्ययन गरेर काठमाडौं उपत्यकामा आउने मेलम्चीको पानी आइसकेपनि बागमतीमा पानीको वहाव र पानीको गुणस्तर बढाउनको लागि विभिन्न स्थानमा प्लान्टहरु बनाउनुपर्ने र प्लान्टबाट बागमतीमा पठाइसकेपछि पनि नुहाउनयोग्य बनाउनको लागि ४५० लिटरजति फ्रेस वाटर मिसाउनुपर्ने जायिकाको अध्ययनले देखायो’

त्यसैगरी बागमती परियोजनामा बागमती कार्ययोजनाले पनि बागमती नदीमा पानीको गुणस्तर र मात्रा बढाउनको लागि प्रमुख उद्देश्यको रुपमा बागमती कार्ययोजनाले लिएको छ।

सोही अनुरुप एशियाली विकास बैंकको आर्थिक सहयोगमा यो सुरु भयो। यो भन्दा तल नागमती ड्यामको आयोजना सुरु गर्ने भनेर काम थालियो। अहिले यो परियोजनाको ९८ प्रतिशत काम सकिएको छ।

यसको मुख्य ड्याम र सहायक ड्यामहरु पनि निर्माण भइ पानी जम्मा गर्न सुरु गरिएको छ। 

विकास बैंकको ऋण सहयोगमा धाप ड्याम निर्माण भएको हो। भ्याट बाहेक ४५ करोड, भ्याटसहित ५१ करोड हुन्छ।  ८४ प्रतिशत ऋण र बाँकी १६ प्रतिशत नेपाल सरकारले व्यहोर्ने गरेर सुरु भएको छ। फिल्डमा गर्नुपर्ने कामहरु अधिकांश सकिएको छ।

अक्टोबर १५ पछि बागमतीमा धापको पानी प्रवाह गर्ने योजना छ। ८ महिना ४० लिटर बगाउनसक्ने अनुमान छ । नागमती ड्याम नबनुन्जेलसम्म ४० लिटर मात्रै पठाउनसक्ने छौँ, त्यतिमात्रै पठाउँदा हामीले अनुभव गर्नसक्ने गरेर बागमतीमा पानी प्रवाह नहुने र हामीले यहाँबाट पठाएको अनुभव पशुपति आर्यघाटमा आम सर्वसाधारणहरुले पनि गर्ने गरेर पठाउनुपर्ने हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .