कारोबार


बाबियाखर्क सहकारीको २६औँ साधारणसभा, ४६ करोड ८२ लाख पुँजी संकलन

बाबियाखर्क सहकारीको २६औँ साधारणसभा, ४६ करोड ८२ लाख पुँजी संकलन

नेपालखबर
असोज २, २०७९ आइतबार १७:३३, काठमाडौँ

बाबियाखर्क बचत तथा ऋण सहकारी लिमिटेडको २६औँ साधारण सभा गरिएको छ। 

नेफ्सकुन र एशियाली ऋण महासंघका पूर्वअध्यक्ष तथा बाबियाखर्क साकोसका अध्यक्ष सहकारीविद् ऋषिराज घिमिरेको अध्यक्षतामा सभा सम्पन्न भएको हो। 

“समुदायको उत्कृष्ट वित्तीय सहकारी संस्था” परिकल्पना गरी समुदायमा आधारित बाबियाखर्क साकोस २०७९ आषाढ मसान्तसम्ममा जोरपाटी,काठमाडौँमा सदस्य सेवा केन्द्र स्थापना गरी हाल ४०१३ सेयर सदस्यहरूमार्फत ४६ करोड ८२ लाख ६४ हजार पुँजी सङ्कलन गरी सेवा प्रदान गर्दै आएको छ। 

सभामा संस्थाका सञ्चालक उपप्राध्यापक उमेशप्रसाद घिमिरेको सहजीकरण÷उद्घोषण तथा सहकारी क्षेत्रका अग्रणी अभियन्ताहरूको सहभागिता थियो।  

उक्त सभामा प्रमुख अतिथिका रूपमा राष्ट्रिय सहकारी महासंघ लिका अध्यक्ष तथा सहकारी क्षेत्रका अभियन्ता मीनराज कडेँल, विशिष्ट अतिथिका रूपमा नेफ्सकुनका महासचिव दामोदर अधिकारी, समाजसेवी लवश्री न्यौपाने, पूर्वअध्यक्ष प्रदीपकुमार घिमिरे, कास्कुनका पूर्व अध्यक्ष शम्भुप्रसाद घिमिरे, कास्कुनका पूर्व कोषाध्यक्ष तथा सहकारीक्षेत्रका अभियन्ता कुशश्री न्यौपाने, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रीप्रसाद नयाँघरे, बाबियाखर्क समाजका अध्यक्ष राजनप्रसाद घिमिरे, जागृति नगर टोलसुधारका अध्यक्ष तथा सहकारी अभियन्ता मोतीप्रसाद घिमिरेलगायतको आतिथ्यता रहेको थियो।

यसअवसरमा संस्थाका सचिव हरिप्रसाद घिमिरेले सञ्चालक समितिको प्रतिवेदन, कोषाध्यक्ष तीर्थराज घिमिरेले आर्थिक प्रतिवेदन, संस्थाका लेखा सुपर्यवेक्षण समितिका संयोजक गोविन्दप्रसाद घिमिरेले लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुतिमार्फत संस्थाका गतिविधिको साधारणसभासमक्ष जानकारी गराए।  

उक्त प्रतिवेदनहरूमा साकोसले प्रदान गर्ने  सेवालाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउनका लागि आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै संस्था सञ्चालन भएको तथ्य प्रस्तुत गरिएको थियो ।

स्थानीय निर्वाचन २०७९मा रामेछाप जिल्ला अन्तर्गत रामेछाप नगरपालिकाको नगरप्रमुख पदमा विजयी हुन सफल संस्थाका सदस्य तथा समाजसेवी व्यक्तित्व लवश्री न्यौपानेलाई उक्त साधारण सभामा अभिनन्दन पत्रसहित सम्मान गरिएको थियो। 

त्यसैगरी उत्कृष्ट सेयरधनी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएक‍ो थिय‍ो। त्यसैक्रममा ज्येष्ठसदस्य सम्मान तथा वृद्धभत्ता, उत्कृष्ट छात्रछात्रालाई प्रशंसापत्र तथा छात्रवृत्तिसमेत प्रदान गरिएको थियो। 

उद्घाटन सत्र र बन्दसत्र गरी दुईभागमा विभक्त उक्त साधारण सभा सञ्चालन भएको थिय‍ो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .