समाज


वर्षाका कारण सुदूरपश्चिम महोत्सव स्थगित

वर्षाका कारण सुदूरपश्चिम महोत्सव  स्थगित

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार ६:५१,

वर्षा भएसँगै कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सव आज स्थगन गरिएको छ।

महान् चाड बडादशैँ र तिहारसँगै यस क्षेत्रमा विशेष पर्वका रुपमा स्थापित भएको सो महोत्सव गएरातिबाट लगातार वर्षा हुन थालेपछि स्थगन गरिएको हो।

चौधौँ संस्करणका रुपमा धनगढीको सङ्घीय प्रहरी एकाइ कार्यालयको मैदानमा यही मङ्सिर २२ देखि आगामी पुस २ गतेसम्म सञ्चालन भइरहेको महोत्सव यहाँ आएको हावाहुरी र वर्षाका कारण सञ्चालन गर्न समस्या भएको हुँदा आज एक दिनका लागि महोत्सवका सम्पूर्ण कार्यक्रम स्थगन गरिएको सङ्घका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए।

उनले शनिबारदेखि पूर्वनिर्धारित कार्यक्रम सञ्चालन हुने बताए। सङ्घले यस क्षेत्रको कृषि, उद्योग, संस्कृति, कलाका साथै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विगत १३ वर्षदेखि महोत्सव आयोजना गर्दै आइरहेको छ । महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, अल्लोका सामान, अटोमोबायल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटललगायत गरी ३०० भन्दा बढी व्यापारिक कक्ष राखिएका छन्।

रु एक करोडभन्दा बढीको लगानीमा आयोजना गरिएको भनिएको महोत्सवको प्रवेश टिकट बिक्रीबाट सङ्कलित रकमको दश प्रतिशत सामाजिक कार्य गर्न नेपाल रेडक्रस सोसाइटी धनगढी शाखालाई निरन्तर रुपमा सहयोग गर्ने गरेको जनाइएको छ। महोत्सव आयोजना समयदेखि नै यस क्षेत्रको आर्थिक एवं सामाजिक रुपान्तरण र सांस्कृतिक संरक्षण तथा प्रवद्र्धनका लागि उल्लेखनीय भूमिका निर्वाह गरिरहेको आयोजकले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad