युरोपियन आयोगद्वारा आयोजित ‘युथ पोलिटिकल एण्ड सिभिक इन्गेजमेन्ट कोहर्ट’ को साझेदार नेतृत्व (सह–नेतृत्व) को रुपमा सहभागी भएर नेपाली टोली स्वदेश फिर्ता भएको छ।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी सहितको टोली शनिबार विहान स्वदेश फर्किएको हो।
बेल्जियमको राजधानी ब्रसेल्समा अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस (सेप्टेम्बर १५) को अवसर पारेर आयोजना गरिएको कार्यक्रममा भाग लिन बस्नेत सहितको नेपाली टोली गत सोमबार त्यसतर्फ प्रस्थान गरेको थियो।
नेपालमा युवा मन्त्रालय , राष्ट्रिय युवा परिषद र अन्य युवा केन्द्रित संघसंस्था मार्फत् युवा गतिविधिमा सकारात्मक काम तथा पहलकदमी भइरहेको भन्दै युरोपियन आयोगले नेपाललाई सह-नेतृत्वको रुपमा प्रस्तावित गरे अनुसार नेपालले सह(नेतृत्वको रुपमा उक्त कार्यक्रममा भाग लिएको हो ।

कार्यक्रममा नेपाली पक्षले युवा सशक्तीकरणका निम्ति नीति निर्माण तहमा युवाको अधिकतम् सहभागीता, लोकतन्त्रिक प्रक्रियामा युवाको हस्तक्षेपकारी भुमिका र स्थानीय तहमा युवा नेतृत्वको वलियो उपस्थिति सुनिश्चित हुनुपर्नेमा जोड दिएको परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए।
कार्यक्रममा नयाँ संविधान जारी भएपछि संघीयताको मर्म अनुसार युवा परिषदलाई संघ , प्रदेश र स्थानीय गरी तिनै तहमा विस्तार र विकास गर्ने तयारी अघि वढेको मन्त्रालयका सचिव डा। दामोदर रेग्मीले बताए ।
नेपाली टोलीमा विभिन्न युवा संघसंस्थाको प्रतिनिधित्व गर्दै प्रदिप खतिवडा, सन्तोष थापा, विकल राई र प्रेक्षा विमली समेत सहभागी थिए।
Shares

प्रतिक्रिया