ad ad

समाज


अछाममा बाढीपहिरोमा परेकाको उद्धारका लागि तत्काल हेलिकप्टर लान निर्देशन

अछाममा बाढीपहिरोमा परेकाको उद्धारका लागि तत्काल हेलिकप्टर लान निर्देशन

नेपालखबर
असोज १, २०७९ शनिबार १०:४, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी घाइते भएका, प्रभावित उद्धारका लागि तत्काल हेलिकोप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन्। 

त्यही बाढी र पहिरोमा परी एकै परिवारका ५ जनासहित ९ जनाकाे मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। 

बाढीपहिराेबाट घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई निर्देशन दिएका हुन्।

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएका छन्।  

गृहमन्त्री खाँणले प्रमुख जिल्ला अधिकारी मरासिनी र प्रहरी नायब उपरीक्षक डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जीउधनको रक्षा गर्नु भएको भन्दै बाढी र पहिरोमा परि घाइते भएकाको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्थामा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्। 

जिल्लामा भएका स्रोत र साधन अपुग भएमा मन्त्रालयमा तत्काल लेखी पठाउन पनि उनले निर्देशन दिएका छन्। 

९ जनाको मृत्यु

अछामको कमलबजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा गरि अहिलेसम्म ९ जनाको मृत्यु भएको र २० जना घाइते भएको जानाकारी आएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए। 

उनका अनुसार कमलबजार नगरपालिका वडा नं ६ को ठाँटीघाटमा गएको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जानकारी आएको उनले बताए। 

त्यस्तै कमलबजारकै वडा नं ८ मा चाउरे दमाइको घर पुरिदाँ परिवारका ५ जनाको मृत्यु भएको जानकारी आएको पनि उनले बताए। 

त्यस्तै ढकारी गाँउपालिकामा १ घर पुरिएर ३ जना घाइते भएको र एक जना पुरिएको जानकारीपछि खोजी भइरहेको जानकारी उनले दिए।

तुर्माखाद गाँउपालिकामा पनि ९ जना बेपत्ता भएको जानाकारी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिनाई भइरहेको प्रजिअ मरासिनीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .