डोल्पामा आज (शुक्रबार) देखि शुरु भएको वार्षिक परीक्षा हिमपातका कारण प्रभावित भएको छ।
डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका हुन्।
हिमपात र बादलका कारण घाम नलाग्दा थुरथुर काप्दै विद्यार्थीहरु परीक्षामा सहभागी भएका लक्ष्मी माध्यमिक विद्यालय ठुलिभेरी नगरपालिकाका शिक्षक हरिश जोसीले जानकारी दिए।
विद्यार्थी परीक्षामा लेख्न नसकेर हैरान भएका उनले बताए। ‘साना साना बालबालिका चिसोका कारण लेख्दा, लेख्दै रुने, कराउने गर्न थालेका छन्,’ जोशीले भने, ‘विद्यालयको प्राङ्गनमा आगो बालेर परीक्षा दिने व्यवस्था मिलाएका छौँ।’
हिमपातका कारण पशुचौपाया, बालबच्चा, वृद्धवृद्धालाई बढी प्रभावित भएका छन्। चिसोले गर्दा घरबाहिर निस्केर काम गर्न कठिन भएको त्रिपुरासुन्दरी नगरपालिका–२ रसिका स्थानीयवासी जुनराज रोकायले बताए।
हिमपात नरोकिए परीक्षा नै प्रभावित हुने खतरा भएको सरस्वती मावि जगदुल्लाका शिक्षक मानबहादुर रोकायले जानकारी दिए।

प्रतिक्रिया